खेल


विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपालको शानदार जित

विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपालको शानदार जित

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १२:५२,

नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका हुन्। अन्जनले दुवै हाफमा नेपालका लागि दुई गोल गरे। खेलको तेस्रो मिनेटमा अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहा गोलमा परिणत भएको थियो।

यस्तै ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमार्फत मिलाईदिएको पासमा अन्जनले दोस्रो गोल गरे। उनले पेनाल्टी क्षेत्र नजिकैबाट पहिलो दोस्रो गोल गरेका हुन्।

यो पनि- अन्जन विष्ट: जसले २९औं खेलमा गरेको डेब्यू गोलले इतिहास रच्यो 

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो।

फिफा वरियतामा नेपालभन्दा ४१औं स्थानमाथि रहेको ताइपेविरुद्ध नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका हुन्। यसअघि कुवेतविरुद्ध भएको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो।

यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ। समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .