हङकङमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी) ले १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभर ८ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको हो।
पीएनजीका ओपनर टोनी उराले नेपालविरुद्ध अर्धशतक प्रहार गरे। ३७ बलमा ५ चौका र ४ चौका हानेका टोनी ६१ रन बनाउँदा १३.४ ओभरमा कुशल भुर्तेलको बलमा विवेक यादवको हातबाट क्याच आउट भए।
हिला भरेले १८ रन बनाउँदा कुशल भुर्तेलको बलमा नै एलबीडब्लु धरापमा परे। किपलिन डोरिगा १४ रन बनाउँदा कुशल भुर्तेलको बलमा लोकेश बमको हातबाट क्याच आउट भए।
हिरी हिरीले १५ रन बनाउँदा गुल्शन झाको बलमा लोकेश बमको हातबाट क्याच आउट हुन पुगे।
चाड सोपर १३ रन बनाउँदा आकाश चन्दको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।
कप्तान असद भाला र लिगा सिकाले समान २ रन बनाउँदै पेभेलियन फर्के। सेसे बाउ १ रनमै करण केसीको बलमा आकाश चन्दको हातबाट आउट हुन पुगे।
एली नाओ ३० र कबुआ मोरिया ३ रनमा नटआउट रहे।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिए। कुशलले आफ्नो स्पेलमा २४ रन खर्चे।
करण केसी र गुल्शन झाले समान एक/एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया