खेल


कोसी खेलकुद महोत्सव: दौडमा पुरुषतर्फ तेह्रथुमका लिम्बु र महिलामा खोटाङकी बस्नेत प्रथम

कोसी खेलकुद महोत्सव: दौडमा पुरुषतर्फ तेह्रथुमका लिम्बु र महिलामा खोटाङकी बस्नेत प्रथम

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १२:०, विराटनगर

विराटनगरमा जारी प्रथम कोसी प्रदेश खेलकुद महोत्सवमा आयोजित प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिताअन्तर्गत पुरुष ५ किलोमिटर सडक दौडमा तेह्रथुमका सरोज लिम्बु प्रथम भएका छन्। 

लिम्बु ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम भएका हुन्। दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे। यस्तै ताप्लेजुङ अमिर लिम्बुले १६ मिनेट ११ सेकन्डमा पूरा गर्दै तेस्रो स्थानमा रहे। 

उता ५ किलोमिटरको महिला सडक दौड १९ मिनेट ४० सेकन्डमा पूरा गर्दै खोटाङकी दीपा बस्नेत प्रथम भएकी छन्। 

त्यस्तै २० मिनेट १३ सेकन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बुले दोस्रो स्थान हासिल गरिन् भने २० मिनेट ३२ सेकन्डमा दौड पूरा गर्दै संखुवासभाकी सुनकला राई तेस्रो भइन्। 

महोत्सवको एथलेटिक्स प्रतियोगिताका संयोजक थलु राजभण्डारीका अनुसार प्रथम, द्वितीय र तृतीयलाई क्रमश: १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad