ad ad

खेल


विश्वकप क्रिकेटको उपाधि जित्नेले कति करोड पुरस्कार पाउँछ?

विश्वकप क्रिकेटको उपाधि जित्नेले कति करोड पुरस्कार पाउँछ?

नेपालखबर
मंसिर १, २०८० शुक्रबार २१:३९, काठमाडौँ

विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच आइतबार अहमदाबादमा भिडन्त हुँदै छ। विश्वकपको फाइनलमा यी दुई टोली आमनेसामने भएको यो दोस्रोपटक हो।

प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन्।

विजेता टोलीले विश्वकप ट्रफी मात्र होइन, ठूलो पुरस्कार राशि पनि प्राप्त गर्नेछ। 

विश्वकप विजेताले ४० लाख अमेरिकी डलर पाउनेछन्। अर्थात् नेपाली रुपैयाँ ५३ करोड ३० लाख ४० हजार पाउनेछ। 

यस्तै उपविजेताले २० लाख अमेरिकी डलर अर्थात् नेपाली २६ करोड ६५ लाख २० हजार नेपाली रुपैयाँ पुरस्कार पाउनेछ। 

सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले ८/८ लाख डलर अर्थात् नेपाली १० करोड ६६ लाख ८ हजार रुपैयाँ पाएका छन्। 

लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक/एक लाख डलर अर्थात् नेपाली १ करोड ३३ लाख २६ हजार रुपैयाँ प्राप्त गरेका छन्।  

यसका साथै लिग चरणमा १० वटै टोलीबीच खेलेका ४५ खेलका विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर अर्थात् नेपाली ५३ लाख ३० हजार ४ सय रुपैयाँ पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .