स्पेनको सर्वोच्च अदालतले ती नेताहरुलाई देशदोही घोषणा गर्दै जेल सजाय सुनाएको हो।
बीबीसीका अनुसार उनीहरुलाई ९ देखि १३ वर्षसम्म जेल सजाय हुनेछ। ९ नेतालाई जेल हालिने भएपछि फुटबल क्लब बार्सिलोनाले यस कार्यको विरोध जनाएको छ। स्पेनको फुटबल क्लब बार्सिलोना क्याटालोनियामा पर्दछ।
बार्सिलोनाले जेल सजाय समस्याको समाधान नभएको बताएको छ। राजनीतिक छलफलको माध्यमबाट समस्या समाधान हुनुपर्ने बार्सिलोनका प्रमुख जोसेप मारिया बार्टेमाउले बताएका छन्।
जोसेप मारिया बार्टेमाउ
सन् २०१७ मा १२ राजनीतिज्ञले क्याटालोनिया स्पेनबाट छुट्टिने या नछुट्टिने भन्दै अवैध जनमत संग्रहको आयोजना गरेका थिए।
तीमध्ये ९ जना पूर्ण रुपमा दोषी ठहर भएका हुन्। अन्य तीनजनालाई जरिवाना गरिएको छ।
सो जनमत संग्रहमा स्वतन्त्र क्याटालोनियाको पक्षमा बहुमत आएको बताइएको थियो। यद्यपी केन्द्र सरकारले क्याटालोनियामा हस्तक्षेप गरेको थियो। एजेन्सी
प्रतिक्रिया