खेल


साफ यू–१८ फुटबलमा बंगलादेश सेमिफाइनलमा

साफ यू–१८ फुटबलमा बंगलादेश सेमिफाइनलमा

नेपालखबर
असोज ६, २०७६ सोमबार १३:१०,

तेस्रो संस्करणको साफ यू–१८ फुटबलमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हो। शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो।

बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न भने सकेन। यस्तै खेलको चौथो मिनेटमै भारतका पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह घाइते भएका थिए। बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई हस्पिटल लगिएको थियो। यो बराबरीसँगै समूह ’बी’ को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ। र, यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ।

बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ। बराबरीसँगै भारतले १ अंक जोडेको छ। भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ। उक्त खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ। भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ।

श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ। अहिलेसम्म श्रीलंका अंकविहिन रहेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad