खेल


पितालाई सम्झिएर धुरुधुरु रोए रोनाल्डो (भिडियो)

पितालाई सम्झिएर धुरुधुरु रोए रोनाल्डो (भिडियो)

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ११:३८,

पोर्चुगलका रोनाल्डो विश्वका स्टार फुटबलर हुन्। उनी हाल युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्छन्।

हालै रोनाल्डो वेलायती टेलभिनका चर्चित प्रस्तोता पियर्स मोर्गानको टिभी कार्यक्रममा अतिथिका रुपमा पुगेका थिए।

त्यहाँ उनलाई अप्रत्याशित रुपमा उनका पिताको भिडियो देखाइएको थियो। उक्त भिडियो रोनाल्डोले भने कहिल्यै हेरेका रहेनछन्।

रोनाल्डोका पिता जोसे डिनिस अभेइरो पोर्चुगलका पूर्व सेना थिए। रक्सी धेरै पिउने भएकाले उनको मृत्यु ५२ वर्षको उमेरमै भयो।

Related image

उनले आफ्ना छोरा रोनाल्डोको प्रगति देख्न पाएनन्। उक्त भिडियोमा जोसेले छोरा रोनाल्डो युरो सन् २००४ टुर्नामेन्टमा छनोट भएको विषयमा बोलेका छन्।

उनले छोरा रोनाल्डोलाई शुभकामना दिएका छन्। उक्त भिडियो हेर्दाहेर्दै क्रिस्टियानो रोनाल्डो एकाएक भावुक बनेका थिए। त्यसपछि उनी भक्कानीएर रुन्छन्।

रोनाल्डो भन्छन्,‘मैले यो भिडियो कहिल्यै हेरेको रहेनछु। मैले विश्वास गर्न सकिरहेको छैन।’

रोनाल्डोले आफ्ना पिता जीवित भएको भए उनी निकै खुशी हुने धारणा राखेका छन्।

Image result for ronaldo and father

यस्तै रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोपले निकै चोट पुगेको बताएका छन्।

अमेरिकी महिला क्याथरिन मोयार्गाले गतवर्ष रोनाल्डोमाथि अमेरिकी शहर लास भेगासमा बलात्कार गरेको आरोप लगाएका थिए।

यद्यपी प्रमाण जुट्न नसकेपछि उक्त मुद्दामाथिको अनुसन्धान रोकिएको छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad