खेल


महिला क्रिकेटः बन्द प्रशिक्षणमा रहेका १० खेलाडी बाहिरिए

महिला क्रिकेटः बन्द प्रशिक्षणमा रहेका १० खेलाडी बाहिरिए

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १०:५२,

नेपालमा हुने सागका लागि गत भदौ २ गतेबाट सुरु भएको बन्द प्रशिक्षणमा रहेका ३५ जना खेलाडीमध्ये १० जना बाहिरिएका हुन्।

मुख्य प्रशिक्षक जगत टमटाले बुधबार १० खेलाडीलाई बाहिर राख्दै प्रारम्भिक टोलीको घोषणा गरेका हुन्। टोलीबाट बाहिरिनेमा ममता थापा, मन्जु बोगटी, ऋतु कनोजिया, सरस्वती पुन, लक्ष्मी चौधरी, रेखा रावल, कविता जोशी, खुसी डंगोल, शोभा आले र कविता गौतम रहेका छन्।

बाँकी २५ सदस्यीय टोलीमा रुबिना क्षेत्री, सिता राना मगर, नेरी थापा, सरिता मगर, काजल श्रेष्ठ, संगीता राई, सबनम राई, अप्सरी बेगम, कविता कुँवर, रोमा थापा, सोनु खड्का, अश्मिना कर्माचार्य, सोमु बिष्ट छन्।

यस्तै अन्य खेलाडीमा शान्ति खतिवडा, ज्योति पाण्डे, करुणा भण्डारी, रश्मी शर्मा, सरस्वती चौधरी, रेवती धामी, ममता चौधरी, अन्जली चन्द, इन्दु बर्मा, डोली भट्ट, बिन्दु रावल र आरती बिडारी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad