ad ad

खेल


पहिलो उपाधिका लागि भिड्दै नेपाल(लाइभ)

पहिलो उपाधिका लागि भिड्दै नेपाल(लाइभ)

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १०:१९,

नेपाली महिला टोलीको ३३ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा आठौंपल्ट फाइनल खेल्न लागेको हो। तर उपाधि भने जित्न सकेको छैन्।

यसवर्ष नेपाली महिला टोलीले खेलेको यो तेस्रो फाइनल हो। गत फेब्रुअरीमा नेपालले  भारतको भुवनेश्वरमा हिरो गोल्डको फाइनल खेलेको थियो। जसको फाइनलमा नेपाल म्यानमारसँग १-३ गोलअन्तरले पराजित भयो।

यस्तै मार्चमा विराटनगरमा भएको पाँचौं साफ वुमेन्स च्याम्पियन्स च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-१ ले हारेको थियो।

लाइभ भिडियो: 

किर्गिजस्तानमा जारी प्रतियोगितामा नेपाल समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो। पहिलो खेलमा नेपालले आयोजक किर्गिजस्तान ८-२ गोलअन्तरले पराजित गरेको थियो। तर दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को हार बेहोर्‍यो। यस्तै अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै नेपाल उपाधिका लागि भिड्न पुगेको हो।

नेपालभन्दा ५८ स्थानमाथिको उज्बेकिस्तानले लिगमा शतप्रतिशत जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। उज्वेकले ताजकिस्तानलाई १२–०, नेपाललाई २–० र किर्गिस्तानलाई ९–० ले हराएको थियो ।

नेपालकी सावित्रा भण्डारी राम्रो लयमा छिन्। लिग चरणमा नेपालले गरेका ९ गोलमध्ये ५ गोल सावित्राले गरेकी हुन्। पहिलो खेलमा आयोजकलाई ८-२ ले हराउँदा सावित्राले चार गोल गरेकी थिइन्।यस्तै लिग चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १-० पराजित गर्दा सावित्राले निर्णायक गोल ८६ औं मिनेटमा गरेकी थिइन्।

यससँगै उनी ३२ खेलमा ३३ गोलसहित अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता अनु लामा (३५ गोल) को कीर्तिमान नजिक पुगेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .