खेल


मैत्रीपूर्ण खेलको अन्तिम बलमा नेपाल पराजित

मैत्रीपूर्ण खेलको अन्तिम बलमा नेपाल पराजित

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १२:४६,

नेपाली टोलीले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले अन्तिम बलमा पूरा गरेको थियो।

यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली युवा टोलीले श्रीलंकामा स्थानीय क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा मंगलबार एसएससीसँग खेलेको हो।

चिसो मैदानका कारण ४२ ओभरमा छोट्टाइएको खेलमा टस हारेर ब्याटिङ पाएको नेपालले ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।

पवन सर्राफ र रित गौतमले नेपाललाई मध्यम सुरुवात दिलाएका थिए। १० ओभरको समाप्तिमा दुबैले ४५ रन जोडे। त्यसको दुई ओभरपनि पवन सर्राफ एलबिडब्लुको सिकार हुँदा नेपालले पहिलो विकेट ५८ रनको स्कोरमा गुमायो।

३१ रन जोडेका रित स्टपिङ हुँदा नेपालले १५.१ ओभरमा २ विकेट गुमाएर ७२ रन जोडेका थिए।

त्यसपछि नेपालको मध्यक्रम केही धरमरायो। लोकेश बम १ रनमै बोल्ड भए भने कप्तान रोहित पौडेल ८ रनमा पवेलियन फर्किए। २५ ओभरमा नेपालले ४ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो।

यो पनि: एसिया कप: नेपालको सनसनी मच्चाउने लक्ष्य

सन्दीप जोरा ३३ रन जोडेर पवेलियन फर्किएपछि आसिफ शेखलाई साथ दिन क्रिजमा हरिबहादुर चौहान आएका थिए।

३५औं ओभरमा आसिफले अर्धशतक पूरा गरे। त्यसपछि आक्रामक खेलेका आसिफ ८८ रनमा लङअनमा क्याच हुन पुगे। आसिफ आउट हुँदा नेपालले ३९.३ ओभरमा ६ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो।

हरि १८ र भीम १५ रनमा नटआउट रहँदा नेपालले निर्धारित ४२ ओभरमा २ सय ४० रन बनाएको थियो।

भदौ १९ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा यसपटक टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानसँगै दुई एसोसियट राष्ट्रहरु नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा टेस्ट राष्ट्रहरु श्रीलंका र बंगलादेशको र अन्तिम खेलमा यूएईको सामना गर्दैछ।

नेपाली टोलीको लक्ष्य कम्तिमा टेस्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्नेछ।

एसिया कपमा नेपालको खेल तालिका
भदौ १९: देखि भदौ २८ सम्म
भदौ २०: नेपाल भर्सेस श्रीलंका
भदौ २२: नेपाल भर्सेस बंगलादेश
भदौ २४: नेपाल भर्सेस यूएई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .