शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा नेपालले दुबै गोल गरेको थियो। दोस्रो हाफको सुरुवातमै शशांकले गोलबाट अग्रता लिएको नेपाललाई ८३औं मिनेटमा अशिमले गोल गर्दै २–० को जित दिलाएका थिए।
जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो।
अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविनका आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।
Shares

प्रतिक्रिया