ad ad

खेल


ओलम्पिकमा गोपीको सहभागिता अनिश्चित

ओलम्पिकमा गोपीको सहभागिता अनिश्चित

नेपालखबर
असार १७, २०७८ बिहिबार ८:१८,

टोकियो ओलम्पिकको तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीको सहभागिता अनिश्चित बनेको छ।

प्रतियोगिता आउन तीन साता बाँकी रहँदा गोपीचन्द्र पार्की सहभागी हुने नहुने बारेमा टुङ्गो लाग्न सकेको छैन।

गोपीचन्द्र पार्कीको सहभागिता बारेमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आधिकारिक धारणा नै सार्वजनिक गरेका छैनन्।

यसबारेमा नेपालखबरसँगको कुराकानीमा गोपीले भने, ‘मलाई पनि थाहा छैन, यसबारेमा बुझ्नकै लागि म पनि एनओसी जाँदै छु। ओलम्पिकमा सहभागी हुने अन्य खेलाडीहरुलाई होटलमा राखिसकेको छ तर मलाई बोलाएको छैन। त्यहाँ गएपछि मात्रै बाँकी कुरा थाहा होला।’

गत वर्ष नेपालगञ्जमा भएको म्याराथनलाई एनओसीले ओलम्पिक छनोटका लािग स्वीकृति दिएको थियो।

जुन खेल गोपीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै नेपालगञ्ज म्याराथन जित्दै ओलम्पिकका लागि छनोट भएका थिए।

नेपालगञ्ज म्याराथनपछि गोपी ओलम्पिकको तयारीमा व्यस्त छन्।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडका स्वर्णपदक विजेता समेत हुन्।

नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष चतुरानन्द राजवैद्यले भने, ‘अहिलेसम्म यो हल्ला नै हो, केही दिनमा हामी पत्रकार सम्मेलन गछौँ, गोपीको मात्र हैन भोलि, पर्सि वा आइतबार पत्रकार सम्मेलन गरेर को–को खेलाडी जाने भनेर जानकारी दिन्छौँ।’

यसअघि गत शुक्रबार एनओसीले ओलम्पिक सहभागिताका लागि स्प्रिन्टरको नाम मागेपछि नेपाल एथलेटिक्स संघले सरस्वती चौधरीको नाम पठाएको थियो।

संघका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘एनओसीले स्प्रिन्टरको नाम मागेपछि हामीले अहिले हामीसँग भएको उत्कृष्ट मध्ये र वल्र्ड च्याम्पियनसिप पनि खेलेकोले सरस्वतीको नाम पठाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .