खेल


नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

नेपालखबर
असार १७, २०७८ बिहिबार ६:११,

साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप क्वालिफायरका लागि बिहीबारबाट सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै प्रशिक्षण स्थगित भएको जनाएको हो।

विशेष (टार्नै नसकिने) परिस्थिति उत्पन्न भएकाले प्रशिक्षण एक साताका लागि स्थगित गरिएको एन्फाले बताएको छ।

प्रशिक्षण आगामी ७ जुलाईबाट सुरु गर्ने एन्फाले तयारी गरेको छ।

साफ च्याम्पियनसिप आगामी १४ सेप्टेम्बरदेखि २५ सम्म बंगलादेशमा हुने तालिका छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई डाकेका छन्।

फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिग (एनएसएल) मा गरेको प्रशिक्षणलाई आधार मान्दै खेलाडी थपेका हुन्।

प्रारम्भिक टोली
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दिप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदाम्वे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad