खेल


साफ यू–१८ आयोजनामा एक करोड असी लाख

साफ यू–१८ आयोजनामा एक करोड असी लाख

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ७:५३,

हल्चोकस्थित सशस्त्र प्रहरी कार्यालयको मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत, भुटान र श्रीलंका गरि ६ राष्ट्रको सहभागिता रहनेछ।

एन्फाले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ। प्रतियोगिताका लागि १ करोड ८० लाख खर्च लाग्ने र उक्त रकम साफको अनुदान तथा गेट टिकटबाट परिपुर्ति गरिने एन्फा प्रवक्ता किरण राईले जनाए।

एन्फाले टिमहरुलाई होटल ग्राण्ड ताहाचल र होटल मनास्लु लाजिम्पाटमा राख्ने व्यवस्था मिलाएको छ। यस्तै अफिसियलहरु भने लौनचोरस्थित होटल मल्लमा रहने एन्फाले जनाएको छ।

टोलीको प्रशिक्षणका लागि लगनखेलस्थित वुद्धि विकास खेल मैदान र नेपाल आर्मीको राजदल खेल मैदानमा व्यवस्था मिलाइएको एन्फाले विज्ञप्तिमार्फत जनाएको छ।

नेपालले प्रतियोगिताका लागि यसअघि नै मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठको प्रशिक्षकत्वमा बन्द प्रशिक्षण घोषणा गरिसकेको छ।

प्रतियोगिताको टोलीहरुलाई दुई समूहमा बाडिएको छ। समूह ए मा नेपालसँगै भुटान र माल्दिभ्स छन् भने समूह बीमा बंगलादेश, श्रीलंका र भारत छन्।

नेपालको उद्घाटन खेलमा सेप्टेम्बर २० तारिखमा माल्दिभ्सको सामना गर्नेछ। यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर २२ तारिखमा भुटानको सामना गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका खेलहरु सेप्टेम्बर २७ तारिखमा हुनेछ।

यस्तै सेप्टेम्बर २९ तारिखमा तेस्रो स्थान र फाइनल खेल हुनेछ। सबै खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .