राजनीति


२५ हजार धरौटी तिर्न नसक्दा विप्लवका कार्यकर्ता कारागार चलान

२५ हजार धरौटी तिर्न नसक्दा विप्लवका कार्यकर्ता कारागार चलान

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ७:३६,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन्।

पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्। बिहीबार जिल्ला अदालतले धामीलाई उक्त रकम धरौटी बुझाउन फैसला गरेको थियो।

गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो। धामी सो पार्टीका गाउँ कमिटी सदस्य रहेका थिए। उनले यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी तथा चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो।

त्यस्तैै गत असार २३ पक्राउ परेका पाटन नगरपालिका– १० हतास घर भई नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि प्रहरीले सार्वजनिक हितविरुद्धको मुद्दा चलाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad