ad ad

खेल


युरोकपमा आज राउन्ड–१६ को अन्तिम खेल, पहिलो भीडन्त इंग्ल्यान्ड र जर्मनीबीच

युरोकपमा आज राउन्ड–१६ को अन्तिम खेल, पहिलो भीडन्त इंग्ल्यान्ड र जर्मनीबीच

नेपालखबर
असार १५, २०७८ मंगलबार ९:५६,

युरोपियन च्याम्पियनसिपमा मंगलबार राउण्ड अफ १६ को अन्तिम खेल हुँदै छ।

आज हुने खेलमा इंग्ल्यान्ड र जर्मनी तथा स्विडेन र युक्रेन भिड्दै छन्।

आजको खेलसँगै युरोकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ। आज हुने दुई खेलको विजेताले अन्तिम ८ मा भेट गर्नेछन्।

यसअघि भएको खेलबाट स्विट्जरल्यान्ड र स्पेन, बेल्जियम र इटाली तथा चेक रिपब्लिक र डेनमार्कले क्वार्टरफाइनलमा भेट पक्का गरिसकेका छन्।

इंग्ल्यान्डविरुद्ध जर्मनी
लन्डनको वेम्बली स्टेडियममा राति पौने १० बजे हुने खेलमा आज इंग्ल्यान्ड र जर्मनी भिड्दै छन्।

समूह ‘डी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको इंग्ल्यान्ड जर्मनीलाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न चाहन्छ।

यो खेलको विजेताले आजै हुने राउन्ड अफ १६ को अन्तिम खेलको विजेतालाई प्रतिद्वन्द्वीको रुपमा पाउनेछ।

दोस्रो खेलमा स्विडेन र युक्रेन प्रतिस्पर्धा गर्दै छन्।

उता समूह ‘एफ’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको जर्मनी पनि इंग्ल्यान्डलाई हराउन आतुर छ।

फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी ४ वर्षपछि भेट्न लागेका हुन्। यी टोलीबीच सन् १९३० मा पहिलो पटक भेट भएको थियो।

त्यसपछि अहिलेसम्म यी टोलीहरु ३२ पटक आमनेसामने भएका छन्। हेड टु हेडलाई हेर्ने हो भने १३ खेलमा इंग्ल्याण्डले जितेको छ भने १५ खेलमा जर्मनीले बाजी मारेको छ।

४ खेल भने बराबरीमा टुंगिएको छ।

स्विडेनविरुद्ध युक्रेन
राउन्ड अफ १६ को अन्तिम खेलमा स्विडेन र युक्रेन भेट्दै छन्।

खेल राति पौने १ बजे लन्डनमा हुनेछ। यो खेलको विजेताले आजै हुने पहिलो खेलको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ।

स्विडेन समूह ‘ई’को विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो। समूह चरणमा स्विडेनले २ खेलमा जित निकालेको थियो भने एक खेलमा बराबरी गरेको थियो।

युक्रेन भने समूह ‘सी’को तेस्रो स्थानमा रहेर पनि अन्तिम ८ मा पुगेको थियो।

युक्रेनले समूह चरणका तीनमध्ये एक खेल मात्र जितेको थियो।

हेड टु हेडलाई हेर्ने हो भने स्विडेनभन्दा युक्रेन बलियो देखिएको छ।

यी टोलीबीच हालसम्म ४ खेलमा मात्र भेट भएको छ। सन् २००८ मा पहिलो पटक भेटेका यी टोली पछिल्लो पटक सन् २०१२ मा भेटेका थिए।

४ भेटमा ३ खेलमा युक्रेन विजयी भएको छ भने एक खेल मात्र स्विडेनले आफ्नो पक्षमा पारेको थियो।

सन् २०१२ को युरोकपमा भएको पहिलो भेटमा युक्रेनले स्विडेनलाई २–१ गोल अन्तरले हराएको थियो। त्यसपछि भेट नभएका यी टोली ९ वर्षपछि युरोकपमा नै भेट्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .