ad ad

खेल


यू-२० महिला विश्वकप फुटबलमा जापानलाई हराउँदै उत्तर कोरिया बन्यो च्याम्पियन

१७ वर्षीया चो इल-सनले सर्वाधिक गोल गर्दै जितिन् गोल्डेन बुट
यू-२० महिला विश्वकप फुटबलमा जापानलाई हराउँदै उत्तर कोरिया बन्यो च्याम्पियन

नेपालखबर
असोज ८, २०८१ मंगलबार ११:४५, काठमाडौँ

यू-२० महिला विश्वकप फुटबलको फाइनलमा उत्तर कोरियाले जापानलाई १–० ले हराएको छ।

कोलम्बियाको राजधानी बोगोटामा आइतबार भएको खेलमा १५औँ मिनेटमा चो इल–सनले गरेको गोलमा उत्तर कोरियाले जापानलाई हराएको हो।

योसँगै उत्तर कोरियाको टोली जर्मनी र अमेरिकासँगै विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ। यस प्रतियोगितामा उत्तर कोरियाले आफ्ना सबै खेल जितेको छ।

१७ वर्षीया चो इल–सन यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी भइन्। उनले ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितिन्।

उत्तर कोरियामा किम जोङ उनको शासन छ। विश्वका अन्य देशभन्दा धेरै कुरामा पछि परेको उत्तर कोरियाको महिला फुटबल टोली बलिया टोलीमध्ये एक हो।

सन् २००७ मा उत्तर कोरियाली टोलीले अमेरिकाको सामना गर्दा विश्वमा पाँचौँ स्थानमा थियो र एक दशकमा तीनवटा एसियाली उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .