लापोर्ताले हालका विश्व चर्चित रोनाल्डो र लियोनल मेस्सीलाई बार्साबाट खेलाउने चाहना राखेको स्पोर्ट बाइबलले जनाएको छ।
गत सिजन घरेलु लिगमा चौथो स्थानमा खुम्चिएपछि युभेन्टसले रोनाल्डोलाई बेच्न चाहेको खबरहरु आएका छन्। रोनाल्डोलाई म्यानचेस्टर युनाइडेट तथा स्पोर्टिङ क्लबले अनुबन्ध गर्ने चाहना व्यक्त गरेका छन्।
यसबीचमा पाँचपटकका बालुन डि’ओर विजेता रोनाल्डोलाई बार्साले पनि अनुबन्ध गर्ने चाहना व्यक्त गरेको हो।
खबरहरुका अनुसार युभेन्टसले रोनाल्डोलाई बेच्न चाहे बार्साले उसलाई एन्टोनी ग्रिजम्यान, फिलिपे कोटिन्हो तथा सर्जियो रोवर्टोजस्ता खेलाडी सुम्पनेछन्।
यस सिजन बार्साले सर्जियो अग्वेरो, इरिक गार्सिया तथा मेम्फिस डिपेजस्ता खेलाडी फ्रि ट्रान्सफरमा भित्र्याएको छ।
रोनाल्डो र मेस्सी एकै क्लबमा भए बार्सालाई कसैले रोक्न नसक्ने लापोर्ताको विश्वास छ। बार्सासँग मेस्सीको सम्झौता पनि केही महिनामै सकिँदैछ।
तर मेस्सीले बार्सासँग नयाँ सम्झौता गर्ने बार्सा प्रमुख जोआन लापोर्ताले ढुक्कसँग दाबी गर्दै आएका छन्।
प्रतिक्रिया