ad ad

खेल


रामोसले छोडेसँगै रियल म्याड्रिडको कप्तानी ब्राजिलियन खेलाडी मार्सेलोले सम्हाल्ने

रामोसले छोडेसँगै रियल म्याड्रिडको कप्तानी ब्राजिलियन खेलाडी मार्सेलोले सम्हाल्ने

नेपालखबर
असार ३, २०७८ बिहिबार ८:२३,

सर्जियो रामोसले १६ वर्षपछि क्लव छाड्ने निर्णय गरेसँगै ७७ वर्षपछि रियल मड्रिडको कप्तानी विदेशी खेलाडीले गर्ने भएका छन्।

३५ वर्षीय रामोसले रियल छाड्ने भएसँगै उपकप्तान रहेका ब्राजिलियन मार्सेलोको काँधमा कप्तानीको जिम्मेवारी आएको हो।

१ सय १७ वर्षअघि सन् १९०४ मा ग्वाटेमालाका फेडरिको रिभुइल्टो रियलको पहिलो विदेशी कप्तान बनेका थिए। मार्सेलो रियलको २८औं कप्तान हुनेछन्।

मार्सेलोले रियलमा १५ वर्ष बिताइसकेका छन्। ३३ वर्षीय मार्सेलोले रियलबाट ५२८ खेलमा ३८ गोल गरेका छन्।

रियलमा सिनियर र लामो समय क्लबमा बिताएकालाई कप्तानी दिने गरिन्छ। सन् २०१५ मा एकर कासिलासले क्लव छाडेपछि रियलले सर्जियो रामोसलाई कप्तानी दिएको थियो।

त्यो बेला कासिलासलाई कप्तानी दिन क्लब तयार भए पनि जोसे मोउरिन्हो भने तयार थिएनन्।

मार्सेलोले टोलीको कप्तानी सम्हाल्ने भएपछि फ्रान्सेली फरवार्ड करिम बेन्जेमा टोलीको उपकप्तान हुनेछन्।

मार्सेलोको अनुपस्थितिमा टोलीको कप्तानी बेन्जेमाले सम्हाल्नेछन्। अघिल्लो सिजन रामोस चोटका कारण मैदान बाहिर हुँदा र मार्सेलो पहिलो रोजाइमा पर्न नसक्दा बेन्जेमाले नै टोलीको कप्तानी गरेका थिए।

सन् २०१५ पछि रामोसले टोलीको कप्तानी सम्हालेपछि रियले १२ वटा उपाधि जितेको छ।

उनकै कप्तानीमा रियलले सन् २०१६, १७ र १८ मा लगातार तीन सिजनमा च्याम्पियन्स लिग उपाधि उचालेको थियो।

सेन्ट्रलब्याकको भूमिकामा देखिने रामोसले ६ सय ७१ खेल खेल्दै रियलका लागि १ सय १ गोल गरे। रामोसले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग जिते।

रामोस सन् २००५ मा स्पेनिस क्लब सेभियाबाट रियलमा अनुबन्ध भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .