खेल


युरोकपमा आज ३ खेल हुँदै, पहिलो खेलमा फिनल्यान्ड र रुस भिड्ने

युरोकपमा आज ३ खेल हुँदै, पहिलो खेलमा फिनल्यान्ड र रुस भिड्ने

नेपालखबर
असार २, २०७८ बुधबार ५:४८,

यूईएफए युरोकप फुटबलमा बुधबार तीन खेल हुँदै छन्।

आज समूह ‘ए’का दुई तथा समूह ‘बी’का एक खेल हुँदै छन्।

फिनल्यान्डविरुद्ध रुस
युरोकपअन्तर्गत बुधबारको पहिलो खेलमा समूह ‘बी’को फिनल्याण्ड र रसिया भिड्नेछन्।

साँझ पौने ७ बजे हुने खेलमा रसिया पहिलो जितको खोजीमा हुनेछ। खेल सेन्ट पिटर्सबर्गमा हुनेछ।

फिनल्याण्ड भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। समूह चरणको पहिलो खेलमा फिनल्यान्डले डेनमार्कलाई १–० ले हराएको थियो।

उता रसिया भने पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो।

यी दुई टोलीबीच युरोकपमा तेस्रो पटक भेट हुनलागेको हो भने हालसम्म जम्मा ४ पटक भेट भएको छ।

अहिलेसम्मको भेटमा फिनल्यान्डले रसियालाई हराउनसकेको छैन। यी दुई टोलीबीच पछिल्लो पटक सन् २००९ मा फिफा विश्वकपमा भेट भएको थियो।

टर्कीविरुद्ध वेल्स
आजै हुने समूह ‘ए’को पहिलो खेलमा टर्की र वेल्स भिड्नेछन्। बाकुमा हुने खेल राति पौने १० बजे हुनेछ।

आजको खेलमा टर्की र वेल्स पहिलो जितको खोजीमा मैदान उत्रिनेछन्। समूह चरणको पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।

टर्की भने इटालीसँग ३–० ले पराजित भएको थियो। वेल्स १ अंकमा समूह चरणको तेस्रो स्थानमा छ भने अंकविहीन टर्की तालिकाको पुछारमा छ।

टर्की र वेल्सको हालसम्म ६ पटक भेट भएको छ। हेड टु हेडमा टर्कीभन्दा वेल्स बलियो देखिएको छ। यी ६ भेटमा वेल्सले ३ पटक जित निकालेको छ भने दुई खेल गुमाएको छ। एक खेल गोलरहित बराबरीमा सकिएको छ।

यसअघि सन् १९७८ मा भएको युरोपियन च्याम्पियनसिपमा वेल्सले १–० ले नतिजा आफ्नो पक्षमा पारेको थियो भने १९७९ मा भएको भेटमा टर्कीले १–० ले वेल्सलाई हराएको थियो।

यी दुई टोली सन् १९९७ पछि पहिलोपटक आमनेसामने हुनलागेका हुन्।

इटालीविरुद्ध स्विट्जरल्यान्ड
मध्यराति हुने समूह ‘ए’को अर्को खेलमा इटाली र स्विट्जरल्याण्ड खेल्दै छन्। रोममा हुने खेलमा स्वीटरल्याण्ड घरेलु टोलीलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ।

घरेलु मैदानमा हुने खेलमा इटाली अपराजित यात्रा कायम राख्न चाहन्छ। समूह चरणको पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो।

इटाली र स्विट्जरल्यान्ड चिरप्रतिद्वन्द्वी टोली हुन्। यद्यपि यी दुई टोली ११ वर्षपछि आमनेसामने हुनलागेका छन्।

यो दुई टोली पछिल्लो पटक सन् २०१० मा मैत्रीपूर्ण खेलमा भेट भएका थिए। सो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

अहिलेसम्मको भेटमा इटालीले २८ खेलमा जित निकालेको छ भने ७ खेल गुमाएको छ।

२२ खेलमा बराबरी गरेको छ। युरोपियन च्याम्पियनसिपको ४ भेटमा २ खेलमा इटालीले जित निकालेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .