यो खेल नेपाली समयअनुसार मंगलबार बिहानै २ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।
अर्जेन्टिना र चिली दुवै कोपा अमेरिका दाबेदार टोली हुन्। अर्जेन्टिनाले १४ पटक यस उपाधि हात पारेको छ भने चिलीले सन् २०१५ र २०१६ मा लगातार यस उपाधि हात पारेको थियो।
सन् २०१५ र २०१६ मा अर्जेन्टिना र चिली नै फाइनलमा पुगेका थिए। जसमा मेस्सीको अर्जेन्टिना दुवैपटक चिलीसँग पराजित भएको थियो।
मंगलबार बिहानै आज भएको उद्घाटन खेलमा आयोजक ब्राजिलले भेनेजुयलालाई ३–० ले पराजित गर्दा अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया