ad ad

खेल


रोमेलु लुकाकुले एरिक्सनलाई समर्पित गरे रुसविरुद्धको पहिलो गोल

रोमेलु लुकाकुले एरिक्सनलाई समर्पित गरे रुसविरुद्धको पहिलो गोल

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ५:४९,

बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले युरोपियन कपको समूह चरणमा रसियाविरुद्ध गरेको पहिलो गोल डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका छन्।

समूह चरणमा गरेको पहिलो गोलको खुसी मनाउने क्रममा उनले आफ्नो गोल एरिक्सनलाई समर्पित गरेका हुन्।

फिनल्याण्डविरुद्धको खेलमा अचेत भई मैदानमा ढलेका एरिक्सनको उपचार भइरहेको छ।

हाल उनी खतरामुक्त छन्। एक्कासि ढलेका एरिक्सनलाई मैदानमा सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए।

झण्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई थप उपचारका लागि अस्पताल लगिएको थियो। युरोकपमा पहिलो पटक खेलिरहेको डेनमार्क फिनल्यान्डसँग १–० ले पराजित भयो।

लुकाकुकै दुई गोल मद्दतमा बेल्जियमले रसियालाई ३–० ले पराजित गर्यो।

खेलको १० औँ मिनेटमा गोल गरेका उनले क्यामेरामा हेर्दै भने– क्रिस! आइ लभ यु..

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .