खेल


अर्जेन्टिनाद्वारा कोपा अमेरिका खेल्ने घोषणा, नेमार र स्वारेज खेलको विपक्षमा

अर्जेन्टिनाद्वारा कोपा अमेरिका खेल्ने घोषणा, नेमार र स्वारेज खेलको विपक्षमा

नेपालखबर
जेठ २४, २०७८ सोमबार ९:५८,

ब्राजिलमा कोरोना भाइरसको प्रभाव समाप्त भइसकेको छैन। यसबीचमा ब्राजिलका कप्तान क्यासेमिरो र स्टार खेलाडी नेमारले यो प्रतियोगिता यसपटक तत्काललाई गर्न नहुने धारणा राखेका छन्।

उनीहरुका अनुसार कोपा अमेरिका ब्राजिलमा आयोजना भए यसले धेरै मानिसको ज्यान लिनसकछ।

उनीहरुले कोपा अमेरिका खेल्ने टोलीका कप्तानहरुसँग पनि खेल बहिष्कार गर्नुपर्छ भनेर आवाज उठाएका छन्।

तर यसबीचमा अर्जेन्टिनाको फुटबल संघले आइतबार जुन १३ देखि संचालन हुने भनिएको कोपा अमेरिकामा भाग लिने पुष्टि गरेको छ।

अर्जेन्टिनाले स्पष्ट रुपमा प्रतियोगिता आयोजना भएको खण्डमा त्यसमा भाग लिने बताएको हो।

ब्राजिलका नेमार, क्यासेमिरो तथा उरुग्वेका लुइस स्वारेजजस्ता खेलाडीले खेल बहिष्कार गर्ने बताइरहँदा सुरुवातदेखि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यस विषयम मौन थिए।

मेस्सी मौन रहेकै अवस्थामा अर्जेन्टिनाले कोपा अमेरिका खेल्ने घोषणा गरेको हो। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad