नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
गीतमा शब्द भीम विसीको छ भने संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ। भिडिओमा कविता श्रेष्ठ, रवी ओड, प्रियंका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ।
टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडिओ निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ।
दर्जनौं कोरस डान्सहरुसँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ। भिडिओ पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन दिनेश विष्टले निर्देशन छ।
प्रतिक्रिया