खेल


नेमारबिनाको पीएसजी पराजित

नेमारबिनाको पीएसजी पराजित

नेपालखबर
भदौ २, २०७६ सोमबार १:५३,

रेन्नसाका कप्तान डिमेन डी सिल्भाले ब्याक पासमा क्रममा गल्ती गर्दा पाएको बलमा गोल गर्दै एडिसन काभानीले पीएसजीलाई अग्रता दिलाएका थिए।

लगत्तै केलियन एम्बाप्पेले अग्रता दोब्बर पार्ने मौका खेर फाले। उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो।

रोमन डेल कास्टिलोले इडवार्डोको पासमा हेडिङ गर्दै खेल बराबरीमा ल्याएका थिए। एम्बाय नियोङले गोलसँगै पीएसजी २-१ ले स्तब्ध बन्यो।

रेन्नासलाई गोल गर्ने तेस्रो मौका पनि थियो तर जर्मे गिलिनको हेडर पोस्टमा लाग्दै फर्कियो। अन्तिम तिर एम्बाप्पे र काभानी पनि चुकेका थिए।

गत सिजनमा पीएसजीले लिगा वानमा जम्मा ५ खेलमात्रै गुमाएको थियो। उनीले १६ अंकले उपाधि उचालेका थिए। रेन्नास भने गत सिजनमा १०औं स्थानमा थियो।

यसपटक फेरि पीएसजी ब्राजेलियन फरवार्ड नेमारबिनै मैदानमा उत्रेको थियो। विश्वका सबैभन्दा महँगा खेलाडी नेमारमाथि बार्सिलोना र रियल मड्रिडले लिने आँखा लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad