आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ २३ देखि २९ गतेसम्म आयोजना गर्ने जानकारी गरायो। प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए।
होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाउने नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश महर्जनले जानकारी गराए। प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ।

प्रतिक्रिया