खेल


कोरोनाविरुद्ध लड्ने अभियान घोषणा गर्दै सन्दीपले गरे ३ लाख सहयोग

कोरोनाविरुद्ध लड्ने अभियान घोषणा गर्दै सन्दीपले गरे ३ लाख सहयोग

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ७:९,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

सन्दीपले कोरोनाविरुद्ध लड्न ‘टिम सन्दीप लामिछाने अभियान’को घोषणा गर्दै उक्त आर्थिक सहयोग गरेका हुन्।

सन्दीपले टिम सन्दीप अभियानअन्तर्गत व्यक्तिगत खाता खोलेका छन्।

यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम, नियन्त्रण एवं सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने लामिछानेले बताएका छन्।

अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अतिप्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने सन्दीपले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

सहयाेगका लागि इच्छुक महानुभावले निम्नानुसार उनकाे खातामा रकम जम्मा गर्नसक्ने सन्दीपले फेसबुकमार्फत जानकारी दिएका छन्। 

बैंकको नाम : सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (Century Commercial Bank Limited)
खातावालको नाम : सन्दीप लामिछाने (Sandeep Lamichhane)
खाता नम्बर : ०१७००००३५३सीए (00170000353CA)
बैंक शाखा : कोटेश्वर, काठमाडौं
स्विफ्ट कोड : सीसीबीएनएनपीकेए (CCBNNPKA)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad