ad ad

खेल


टी-१० क्रिकेटको उपाधि न्यु होराइजनलाई

टी-१० क्रिकेटको उपाधि न्यु होराइजनलाई

प्रकाश न्यौपाने
बैशाख १४, २०७८ मंगलबार १३:१९,

तिलोत्तमा क्रिकेट क्लबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्यु होराइजन क्रिकेट क्लबले भैरहवामा सम्पन स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ।

जितसँगै होराइजनले नदर ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो। उपविजेतामा चित्त बुझाएको तिलोत्तमाले २५ हजार र ट्रफी प्राप्त गरेको छ।

मंगलबार सिद्धार्थ रंगशालमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ९ विकेटको क्षतिमा ३४ रन मात्रै बनायो। उसका लागि माधब बस्नेतले नटआउट ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुसान भारीले ३, कुशल मल्लले २ तथा विपिन खत्री, शक्ति गौचन र गोबिन्द केसीले समान १र१ विकेट लिए।

प्रतिउत्तरमा न्यु होराइजनले २ ओभर ४ बलमा बिना क्षति ३६ रन बनाउँदै जित निकाल्यो। उसको जितमा कुशल मल्लले नटआउट २७ र प्रकाश गिरीले नटआउट ९ रन बनाए। शुसान भारी म्यान अफ दि फाइनल भइ पुरस्कृत भए।

यसअघि आजै भएको सेमिफाइनलमा न्यू होराइजनले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ५ विकेट र तिलोत्तमाले गोर्खा वारियर्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगितामा तिलोत्तमाका यम क्षेत्री म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै, लुम्बिनी खुकुरीका शंकर रानाले बेष्ट ब्याट्सम्यान र तिलोत्तमाका कृष्ण पराजुलीले बेष्ट बलरको उपाधि हात पारे। उनीहरुले समान ५र५ हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी तिलोत्तमाकै भुवन गैरेले बेष्ट क्याच, खुकुरीका शंकर रानाले बेष्ट सिक्सेसको पुरस्कार हात पारे। उनीहरुले दुई हजार ५ सय रुपैयाँ प्राप्त गरे। यस्तै, तिरुपति क्रिकेट क्लब अनुशासित टिम हुँदै पुरस्कृत भयो।

प्रतियोगितामा सेमिफाइनल खेलेका लुम्बिनी खुकुरी र गोर्खा वारियर्सलाई १०र१० हजार रुपैयाँ प्रदान गरिएको थियो।

विजयी टिमलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) का अध्यक्ष विमल सेन्चुरी लगायतले पुरस्कार प्रदान गरे। प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता थियो।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै प्रतियोगितालाई छोट्याएर मंगलबार मात्रै सेमिफाइनल र फाइनल खेल खेलाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .