खेल


नर्भिक अस्पताल नेपाल सुपर लिगको मेडिकल पार्टनर, उपचार खर्च बिरामीकै

नर्भिक अस्पताल नेपाल सुपर लिगको मेडिकल पार्टनर, उपचार खर्च बिरामीकै

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १६:३१,

नेपालमा पहिलोपटक आयोजना हुनलागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल अनुबन्धित भएको छ ।

नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्धनिर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डिरेक्टर श्रेयांश कार्कीले हस्ताक्षर गरेका छन् । सात टिमको फ्रेञ्चाइज फुटबल प्रतियोगिता स्वास्थ्यका सबै मापदण्ड पालना गरी वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुँदै छ ।

नेपाल सुपर लिगको अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपत्कालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट तीन मेडिकल अफिसरसहितको टिम मैदानमै तैनाथ रहनेछ । आधारभूत औषधि तथा अन्य स्वास्थ्य सामग्रीसहितको नर्भिकको लोगो अंकित मेडिकल ब्याग खेलमा सहभागी प्रत्येक टिमका लागि उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नुपरे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउनेछ । कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत उपलब्ध हुनेछ ।

रंगशालामा सम्भव नहुने उपचारका लागि कुनै खेलाडी, दर्शक वा आयोजकका सदस्यलाई अस्पताल लैजानुपरे त्यहाँ लाग्ने सबै उपचार खर्च स्वयम् बिरामीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिनेछ । सम्झौता कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्धनिर्देशक चौधरीले हरेक क्षेत्र र वर्गका मानिसहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको नर्भिकले आगामी दिनमा यस्तै अन्य इभेन्ट्सहरुमा समेत सहकार्य गर्ने नीति लिएको बताइन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टका डिरेक्टर कार्कीले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिकजस्तो अन्तर्राष्ट्रियस्तरको सेवा दिने अस्पतालसँग नेपालको पहिलो फ्रेञ्चाइज फुटबल लिगमार्फत सहकार्य गर्ने मौका पाएकोमा खुसी लागेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad