अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी–२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले स्थान बनाउँदा पारस खड्काको वरीयता भने खस्किएको छ।
आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा ओपनर कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका हुन्।
नयाँ वरीयताअनुसार कुशल ब्याटिङतर्फ ९३औं स्थानमा छन्।
कुशलको ३ सय ५९ रेटिङ अंक छ। टि–२० आई त्रिकोणात्मक सिरिजमा डेब्यू गरेका कुशलले लगातार ३ अर्धशतक हानेपछि ब्याटिङको वरीयतामा स्थान बनाउन सफल भएका हुन्।
राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का भने वरीयतामा खस्किँदै ८३औँ स्थानमा झरेका छन्।
प्रशिक्षणका क्रममा चोट बोकेका पारसले त्रिकोणात्मक सिरिजमा मैदानबाहिर छन्।
्उता लेगस्पिनर सन्दीप लामिछानेले ७ स्थान सुधार गर्दै ७७औँ स्थानमा उक्लिएका छन्। सन्दीपले ४०४ रेटिङ पाएका छन्।
नेपालमा जारी तीन देश सम्मिलित त्रिकोणात्मक सिरिजमा सन्दीपले ८ विकेट लिएका छन्।
Shares

प्रतिक्रिया