राष्ट्रिय महिला क्रिकेट टोलीले भारतको उत्तराखण्ड महिला क्रिकेट टोलीसँग खेल्ने टि–२० आई र एकदिवसीय मैत्रीपूर्ण सिरिज स्थगित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अप्रिल तेस्रो हप्ता देखि हुने सिरिज स्थगित भएको जानकारी दिएको हो।
विज्ञप्तिमा उत्तराखण्ड क्रिकेट एसोसियसनले बढ्दो कोभिड–१९ को असरका कारण जनाउँदै बसीसीआई र राज्य सरकारले अनुमति नदिँदा उत्तराखण्ड महिला क्रिकेटको नेपाल भ्रमण तत्काललाई स्थगित गराएको जनाइएको छ।
क्यानको गत चैत २९ गते बसेको बोर्ड बैठकले राष्ट्रिय महिला क्रिकेट टोलीले उत्तराखण्ड महिला क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको जनाएको थियो।

प्रतिक्रिया