तीन देश सम्मिलित त्रिकोणात्मक सिरिजको पाँचौँ खेलमा मलेसियाविरुद्ध नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले ब्याटिङ गर्न लागेको हो।
सिरिजको तेस्रो खेल खेल्न लागको मलेसिया पहिलो जितको खोजीमा छ। यसअघि मलेसिया नेपालसँग ९ विकेटले र नेदरल्याण्ड्सँग १५ रनले पराजित भएको थियो।
पहिलो खेलमा नेदरल्याण्ड्स घरेलु टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको हो।
आजको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेमा फाइनलमा पुग्नेछ। सिरिजको अन्तिम खेलमा भोलि नेपाल र मलेसिया खेल्नेछन्। अंकतालिकाका शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
३ खेल खेलेको नेपाल २ मा जित र १ मा हार भोग्दै अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट नेदरल्याण्ड्स दोस्रो स्थानमा छ। एक खेल कम खेलेको मलेसियाले भने जितको खाता खोल्न सकेको छैन।
प्रतिक्रिया