ad ad

खेल


नेपालको शानदार बलिङ, मलेसियाबाट पायो सामान्य लक्ष्य

नेपालको शानदार बलिङ, मलेसियाबाट पायो सामान्य लक्ष्य

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:५६,

करण केसी चम्किएपछि नेपालले नेदरल्याण्ड्ससम्मिलित त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गत मलेसियाविरुद्दको खेलमा १ सय १० रनको मध्यम लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो।

उत्कृष्ट सुरुवात गरेको नेपालले पाँचौ ओभरसम्म ४ विकेट लिइसकेको थियो। कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन्।

करण केसी एक्लैले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, कुशल मल्ल, साहब आलम र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए।

ऐरीले टि–२० आइमा पहिलो विकेट लिएका हुन्। यसअघि उनले एक दिवसीय खेलमा २ विकेट झारेका छन्।

लगातार विकेट पतनपछि दबाबमा आएको मलेसियाका लागि सयद अजिजले जोडेको २७ रन नै सर्वाधिक बन्न पुग्यो। मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सर्भिन मुनियनडेले २० र साफिक सारिफले १५ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .