खेल


अमेरिकी राजदूतावासले सन्दीपलाई फेरि बोलायो

अमेरिकी राजदूतावासले सन्दीपलाई फेरि बोलायो

नेपालखबर
साउन २८, २०७६ मंगलबार ७:४१,

पुन: बोलाएपछि सन्दीपसँगै उनका व्यवस्थापक रमन सिवाकोटी हाल काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगेका छन्।  सिवाकोटीले आफूहरु रिभ्यूका लागि दूतावासमा पुगिसकेको जानकारी दिए।

अमेरिकी राजदूतावासले मंगलबार विहान अन्तर्वाताका लागि सन्दीपलाई बोलाएको थियो। तर, भिसा अस्वीकार गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकाले भिसा नदिएको भन्दै दुखेसो पोखेका थिए।

सन्दीपले ट्वीटमा लेखेका छन्, 'आउँदो क्यारिबियन प्रिमियर लिग(सीपीएल)-२०१९ का लागि आज(मंगलबार) म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे।'

'म नि: शब्द भए र म हास्दै ती सबैकुरा हेरिरहेको थिए,' उनले थपेका छन्, 'मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ।'

सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतलाई मेन्सन गरेका थिए। 

 सन्दीपले यस सिजनको क्यारिबियन प्रिमियर लिग(सीपीएल)मा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दैछन्। सीपीएल आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुँदैछ। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा थिए। 

सीपीएलको यस सिजनमा सन्दीपको टोली

सन्दीप वेष्ट इण्डिज हुँदै अमेरिका जाने योजनामा थिए। यस्तै सीपीएलका दोस्रो चरणका खेलहरु अमेरिकामा हुने भनिएकाले पनि उनलाई अमेरिकाको भिसा आवश्यक परेको हो। यद्दपी अमेरिकामा सीपीएल हुने अहिलेसम्म निश्चित भएको छैन्।

क्यारिबियन प्रिमियर लिगको अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सबाट खेलेका थिए। जसमा ५ खेल खेल्दै सन्दीपले ७ विकेट लिएका थिए।  

यस सिजनका लागि भने उनलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। सन्दीपले इण्डियन प्रिमियर लिगसँगै, ग्लोबल टि-२० क्यानडा, अष्ट्रेलियाको बिगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र अफगानिस्तान प्रिमियर लिग लगायतका विदेशी लिगहरु खेलिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .