मनाङ मर्स्याङ्दी क्लबका गोल रक्षक दीप कार्कीलाई पोखरा थन्डर्सले अनुबन्धित गरेको छ।
शुक्रबार भएको नेपाल सुपर लिगको अक्सनबाट कार्कीलाई कार्कीका लागि पोखरा, ललितपुर र विराटनगरले २ लाख भाउ लगाएका थिए।
पछि गोलाप्रथाद्वारा उनलाई पोखरा थन्डर्सले अनुबन्धित गरेको हो।
त्यस्तै राष्ट्रिय टिमका सदस्य सुजल श्रेष्ठ र एरिक बिष्ट पनि २ लाखमा अनुबन्धित भएका छन्।
श्रेष्ठ २ लाख मूल्यमा पोखरा थन्डर्समा अनुबन्धित भएका हुन्।
एरिक २ लाखमा ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्।
प्रतिक्रिया