पोर्चुगिज फरवार्ड डिएगो जोटाको निर्णायक गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वल्भ्सलाई १–० ले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा जोटाले पहिलो हाफमा इन्ज्युरी समयमा गोल गरेका थिए। दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन।
जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।
समान ४६ अंक नै भए पनि एभर्टन गोल अन्तरमा सातौ स्थानमा छ। पराजित वल्भ्स ३५ अंक जोडेर १३औं स्थानमा छ।
3
Shares

प्रतिक्रिया