खेल


चैत ९ देखि आमन्त्रण थ्री नेसन्स कप

चैत ९ देखि आमन्त्रण थ्री नेसन्स कप

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १४:१,

अखिल नेपाल फुटबल संघ एन्फाले आमन्त्रण थ्री नेसन्स कप गर्ने भएको छ।

प्रतियोगिता आगामी चैत ९ देखि १७ गतेसम्म हुन लागेको एन्फाले जानकारी दिएको हो। बंगलादेश र किर्गिस्तान सहभागी हुने प्रतियोगिता काठमाडौ‌को दशरथ रगंशालामा हुनेछ।

प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भएपनि किर्गिस्तानको २३ वर्ष मुनिको टोलीले खेल्नेछ।

राउण्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल खेल्नेछन्।

विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल स्थगित भएसँगै एन्फाले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad