इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल चेल्सीसँग पराजित भएको छ।
बिहीबार राति भएको खेलमा लन्डन क्लब चेल्सीले लिभरपुललाई १–० ले हराएको हो।
चेल्सीको जितका लागि मासन माउन्टले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरे। खेलमा लिभरपुलले राम्रो पकड जमाए पनि गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो।
जितसँगै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २७ खेलबाट ४७ अंक जोडेको छ। पराजित लिभरपुल सातौ स्थानमा झरेको छ। समान खेलबाट लिभरपुलले ४३ अंक बनाएको छ।
गएराति नै भएको खेलमा वेस्ट ब्रुमलाई १–० ले पराजित गर्दै एभर्टन पाँचौ स्थानमा उक्लेको छ। टोटनह्यामले फुल्हामलाई १–० ले नै हराएको हो।

प्रतिक्रिया