पाहुना टोली श्रीलंकासँगको तीन खेलको टि–ट्वान्टी इन्टरनेसनल सिरिजमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ।
घरेलु मैदानमा भएको खेलमा वेस्ट इन्डिजले ४ विकेटले जित दर्ता गर्दै सिरिजमा १–० ले अग्रता बनाएको छ।
सिरिजको पहिलो खेलमा अकिला धनन्जयले ह्याट्रिक विकेट लिए। तेस्रो ओभरको दोस्रो बलमा इभिज लुईसलाई आउट गरेका उनले तेस्रो बलका क्रिस गेललाई एलबीडब्लु धरापमा पारे। चौथो बलमा निकोलस पुरनलाई पवेलियनको बाटो देखाउँदै विकेटको ह्याट्रिक पुरा गरे। लगातार तिन ब्याट्सम्यान गुमाएको वेस्ट इन्डिजका लागि किरोन पोलार्ड क्रिजमा आए।
पाँचौ नम्बरमा क्रिजमा आएका पोलार्डले छैटौँ ओभरमा लगातार छक्का प्रहार गर्दै कीर्तिमान कायम गरेका छन्। टि– ट्वान्टी आई क्रिकेटमा यो दुर्लभ कीर्तिमान बनाउने उनी दोस्रो खेलाडी बने। क्रिकेट इतिहासमा तेस्रो खेलाडी बनेका छन्। यसअघि सन् २००७ मा भएको टि–ट्वान्टी वल्र्डकपमा युवराज सिहंले यो कीर्तिमान बनाएका थिए।
साउथ अफ्रिकाका हर्सल गिब्सले सन् २००७ मा भएको वल्र्डकप क्रिकेटमा नेदरल्याडविरुद्धको खेलमा यो कीर्तिमान बनाएका थिए। एक ओभरमा ६ छक्का हान्ने उनी पहिलो खेलाडी हुन्।
विष्फोटक ब्याटिङ गरेका पोलार्ड खेलको प्लेयर अफ दि म्याचसमेत बने। ११ बलको सामना गरेका उनले ६ छक्का हान्दै ३८ रन जोडे।

प्रतिक्रिया