ad ad

प्रविधि


मंगल ग्रहमा पठाइने मस्कको रकेट तेस्रोपटक विस्फोट, यसपटक केही प्रगति देखियो

मंगल ग्रहमा पठाइने मस्कको रकेट तेस्रोपटक विस्फोट, यसपटक केही प्रगति देखियो

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ८:७,

यससँगै परीक्षणका क्रममा मस्कको यही मोडेलको रकेट विस्फोट भएको यो तेस्रोपटक हो।

गत फेब्रुअरी महिनामा मात्र पनि स्टारसिप परीक्षणका क्रममा विस्फोट भएको थियो। त्यसबेला ल्यान्डिङ गर्न नसकेपछि उक्त रकेट दुर्घटनाग्रस्त भएको थियो।

यसपटक भने उक्त रकेटको परीक्षणमा केही प्रगति देखिएको छ। बुधबारको परीक्षणका क्रममा रेकेट अवतरण गरिसकेपछि पड्किएको थियो।

(भिडिओ)

गत डिसेम्बरमा पहिलोपटकको परीक्षणका क्रममा यसै मोडेलको रकेट दुर्घटनामा परेको थियो।

हाल परीक्षणका क्रममा रहेका रकेटहरु नमूना रकेटहरु मात्र भएको बताइएको छ।

स्पेस एक्सले दुर्घटनामा परेपनि आफ्नो स्टारसिप एकदिन मंगल ग्रहमा पुग्ने बताएको छ। चाँडै अर्को चरणको परीक्षण गरिने बताइएको छ। एससीएमपी

(फेब्रुअरीको भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .