राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल सघ एन्फाको ५ सदस्यीय टेक्निकल समितिले बिहीबार फिलिप्सलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको एन्फाले जानकारी दिएको हो।
यसअघि एन्फाको प्राविधिक निर्देशकका रुपमा काम गरिरहेका फिलीप्सलाई एन्फाले महिला टोलीको जिम्मेवारी दिएको हो।
फिलिप्सले यसअघि सन् २०१४ देखि २०१५ सम्म पपुआ न्युगिनीको महिला टिममा रहेर प्रशिक्षकका रुपमा समेत काम गरिसकेका छन्।
साफ महिला च्याम्पियनसिप र महिला एशियन कप क्वालिफायरका लागि एन्फाले राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण पनि छिट्टै सुरु गर्ने जनाएको छ।
गत वर्ष स्वदेशमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) यता राष्ट्रिय महिला टोली प्रशिक्षकविहीन छ।
सागको महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएसँगै तत्कालिन मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए।

प्रतिक्रिया