खेल


टी–२० शृंखलाः अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्डको विजयी सुरुवात

टी–२० शृंखलाः अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्डको विजयी सुरुवात

नेपालखबर
फागुन १०, २०७७ सोमबार ११:४,

डेवन कन्वेको विष्फोटक ब्याटिङमा अष्ट्रेलियासँगको पाँच खेलको टि–ट्वान्टी सिरिजमा घरेलु टोली न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ।

क्राइष्टचर्चको ह्याग्ली ओभलमा भएको खेलमा न्युजिल्याण्ड भ्रमणमा रहेको पाहुना टोली अष्ट्रेलिया ५३ रनले पराजित भयो। जितसँगै ५ खेलको सिरिजमा न्युजिल्याण्डले १–० ले अग्रता बनाएको छ।

न्युजिल्याण्डले दिएको १ सय ८५ रनको रन लक्ष्य पछ्याएको अष्ट्रेलिया १७ दशमलव ३ ओभरमा १ सय ३१ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको अष्ट्रेलियाका लागि मिचेल मार्सले जोडेको ४५ रन नै सर्वाधिक रह्यो। ओपनिङ ब्याट्सम्यान म्याथु वेड १२ र कप्तान आरोन फिन्च १ रनमा पवेलियन फर्के। एष्टन अगरले २३, जे रिचर्डसनले ११ रन जोडे। आडम जम्पा १३ रनमा नटआउट रहे।

न्युजिल्याण्डलाई सस्तैमा रोक्न इस सोधी एक्लैले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २८ रन खर्चे। टिम साउथी र टे«न्ट बाउल्टले २–२ विकेट लिए। काइल जैमीसन र मिसेल सन्तनरको नाममा एक एक विकेट रह्यो।

त्यसअघि अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रनको योगफल तयार पारेको थियो।

ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिल शुन्य र टिम सेफर्ट १ रनमा आउट भए। डेवन कन्वे ९९ रनमा नटआउट रहे। ५९ बलको सामना गरेका उनले १० चौका र ३ छक्का प्रहार गरे। ग्लेन फिलीपले ३० र जेम्स निसामले २६ रनको योगदान दिए।

न्युजिल्याण्डका डेनियल साम्स र जे रिचर्डसनले समान २ तथा माक्युर्स स्टोईनिसले एक विकेट झारे।

यी दुईबीचको दोस्रो खेल मंगलबार, तेस्रो खेल बुधबार, चौथों खेल शुक्रबार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad