इंग्लिस प्रिमियर लिग फुटबलको मर्सिसाइड डर्बी भिडन्तमा एभर्टनले लिभरपुललाई पराजित गरेको छ।
सन् १९९९ पछि एभर्टनले लिभरपुललाई घरेलु मैदानमा पहिलोपटक हराएको हो। यस्तै उसले सन् २०१० पछि डर्बी खेलमा पहिलो जित हासिल गरेकाे हो।
उता लिभरपुलले सन् १९२३ पछि घरेलु मैदानमा ४ महत्वपूर्ण खेलमा हार भोगेको छ।
शनिबार राति भएको खेलमा लिभरपुल घरेलु मैदानमा एभर्टनसँग २–० ले पराजित भएको हो।
एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले एक एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको एभर्टनले दोस्रो हाफमा १ गोल थप्यो। खेलको तेस्रो मिनेटमा नै रिचार्लीसनले हामेस रोड्रिग्वेजको पासमा गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाएका हुन्।
खेलको ८३औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई २–० को जित दिलाए।
रिचार्लीसनललाई पेनाल्टी बक्समा एलेक्सान्डर अर्नोल्डले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै एभर्टनलाई पेनाल्टी दिएको थियो।
यो जितसँगै एभर्टन २४ खेलबाट ४० अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ। यता लिभरपुल पनि २५ खेलबाट ४० अंक जोडेर छैटौ स्थानमा छ।
गएराति नै भएको अन्य खेलमा फुल्हामले सेफ युनाइटेडलाई १–० ले हराएको छ। साउथह्याप्टन र चेल्सीले एक एक को बराबरी गर्दा बर्नली र वेष्ट बु्रमले गोलरहित बराबरी खेले।
Shares

प्रतिक्रिया