राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उपचार राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिलेर गर्ने भएका छन्।
राखेपका सदस्यसचिव रमेश कुमार सिलवाले घाइते साम्बाको उपचार दुई निकायले मिलेर गर्ने जानकारी गराएका हुन्।
उनका अनुसार कतारमा उपचारका लागि पहल भइरहेको छ।
गत सोमबार पुलिस क्लबसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा साम्बा लडेकी थिइन्। सो क्रममा उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) गएको थियो।
सोसँगै उनी १ वर्ष मैदानबाहिरै हुनेछिन्। जारी लिगमा साम्बाले ४३ गोल गरेकी छिन्। उनको नाममा ३८ अन्तर्राष्ट्रिय गोलसमेत छ। यो नेपाली महिला फुटबल खेलाडीको अहिलेसम्मको उच्च गोल संख्या हो।

प्रतिक्रिया