मंगलबारको यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ।
पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए।
जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो।
अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिएका थिए।
उनले व्यक्तिगत १०६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।
तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ। एएफपी
3
Shares

प्रतिक्रिया