खेल


रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

प्रकाश न्यौपाने
माघ ३०, २०७७ शुक्रबार १२:५,

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले स्टार क्रिकेट क्लबलाई २ विकेटले पारजित गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाई १९२ रनको योगफल बनायो।

उसका लागि निश्चल ज्ञवालीले ४२, विवश खातीले ३४, करण घर्ती मगर र महेश पटेलले १७-१७ रन बनाए। बलिङमा सैनामैनाका सुनिल पौडेलले ४, बसन्त खड्काले ३ तथा प्रदीप भण्डारी र उदय पन्तले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभरमा ८ विकेट गुमाई १९३ रन बनाउँदै लक्षय पूरा गर्यो। उसका लागि प्रदीप सुवेदीले ४८, बसन्त खड्काले ४३ र सुवास चौधरीले ११ रन बनाए। बलिङमा स्टारका महेश पटेल र रोहन अर्यालले ३-३ विकेट लिए। बसन्त खड्का म्यान अफ दी म्याच घोषित भई पुरस्कृत भए। शनिबार बुटवल राइनोज र ज्ञानोदय क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ। नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad