फिफा क्लब विश्वकपको उपाधि जर्मन क्लब बायर्न म्युनिखले उचालेको छ।
बिहीबार राति भएको फाइनलमा बायर्नले मेक्सिकोको टिग्रेसलाई १–० ले पराजित गर्दै सिजनको छैटौं उपाधि उचालेको हो।
कतारमा भएको फाइनलमा खेलको ५९ औं मिनेटमा बेन्जामिन पाभार्डले निर्णायक गोल गरे। खेलको ५९ औं मिनेटमा पाभार्डले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरे।
लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलले मान्यता नपाए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा गोल मान्य भएको थियो। त्यसअघि जोशुवा किम्मिखको गोल भने भीएआरबाट रद्द भएको थियो।
गत सिजन जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको बायर्नले त्यसपछि थप तीन उपाधि जितेको छ। यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको बायर्न ६ ट्रफी जित्ने दोस्रो टोली बनेको छ।
3
Shares

प्रतिक्रिया