खेल


यसकारण स्थगित भयो नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजः क्यान

यसकारण स्थगित भयो नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजः क्यान

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ६:२०,

ओमानमा हुने भनिएको नेपाल र अमेरिका सम्मिलित आईसीसी विश्वकप छनोट लिग २ अन्तर्गतको एक दिवसीय त्रिकोणात्मक सिरिज स्थगित भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै २०२१ को मार्चका लागि तय सिरिज स्थगित भएको जनाएको हो।

कोरोना महामारीकै कारण यस्तै २०२१ को अप्रिलमा पपुवा न्युगिनी, ओमान र स्कटल्याण्ड तथा २०२१ को मे मा पपुवा न्युगिनी, अमेरिका र नामिबिया बीचको सिरिज पनि स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले जनाएको छ।

कोरोना भाइरसको बढ्दो प्रभावका कारण लामो क्वारेन्टिनको प्रावधान र यात्रा प्रतिबन्धका कारण सिरिजहरु अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको आईसीसीले जनाएको छ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको बन्द प्रशिक्षण सकिएको छ। ओमानको घरेलु मैदानमा अमेरिका र नेपाल सम्मिलित आईसीसी विश्वकप लिग–२ को छनोट खेलका लागि क्यानले बन्द प्रशिक्षण बोलाएको थियो।

सिरिज स्थगित भएसँगै क्यानले पहिलो चरणमा बोलाएको प्रशिक्षण पनि स्थगित गरेको हो। पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा सहभागी थिए। काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै ४ नयाँ अनुहारलाई समेटेर ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।

दोस्रो चरणको बन्द प्रशिक्षण शनिबारबाट सुरु हुने नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad