विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राष्ट्रिय महिला लिगमा शीर्ष स्थानको नेपाल एपीएफसँगको अंक दूरी कम गरेको छ।
ललितपुरको सातदोबाटास्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा आर्मी फुटबल क्लवले वालिङलाई २–० गोल अन्तरले पराजित गर्दै दूरी २ अंकमा झारेको छ।
आर्मीकी शर्मीला थापाले टोलीलाई अग्रता दिलाइन्। अफ साइट गोललाई रेफ्रीले मान्यता दिए।
४२औं मिनेटमा पुष्पा गुरुङले आत्मघाती गोल गरेपछि आर्मीले खेलमा २–० को अग्रता लिन सफल भयो । उनले सपना लामाको क्रसलाई बिमला चौधरीले प्रयास गर्दा पुष्पालाई लाग्दै गोलमा परिणत भएको थियो ।
आठ खेलबाट आर्मीले ६ मा जित १ मा बराबर र एकमा हार भोग्दै १९ अंक जोडेको छ। समान खेलबाट ११ अंक भएको वालिङ तेस्रो स्थानमा यथावत छ।
विदेशी खेलाडी मेथोले दोस्रो हाफको ३८ औं मिनेटमा दोहोरो पहेँलो कार्ड मैदान छाडेपछि वालिङ १० खेलाडीम सीमित भएकाे थियाे। आर्मीले गोल गर्ने थप सुन्दर मौका पाए पनि सदुपयोग गर्न सकेन।
खेलको प्लेयर अफ द म्याच भने आर्मीकी बिमला विक भइन्।
लिगमा आजै नेपाल पुलिस क्लब र विराटनगर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया