नेपाली राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामीले आबुधावी टि–१० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिएका छन्।
मराठा अरेवियन्सबाट लिग खेदिरहेका सोमपालले २ ओभरमा १२ रन खर्चेर २ विकेट झारे। सोमपालले छैटौं ओभरमा दुई महत्वपूर्ण विकेट लिएका थिएका हुन्।
सोमपालले छैटौं आडौ ओभरमा बलिङ गर्ने मौका पाएका थिए। सोमपालको यो जारी टि–१० लिगमा छैटौं खेल हो।
बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको डेकन ग्याडियटर्सले मराठा अरेवियन्सलाई १ सय २१ रनको लक्ष्य दिएको छ। डेकनले १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रनको योगफल तयारेको छ।
डेकनका अनवार अली १२ बलमा ६ चौका र २ छक्का सहित ३९ रनमा अविजित रहे। प्रशान्त गुप्ताले ३५ रनको योगदान दिए। प्रबिण ताम्बे र सोहग गाजीले एक एक विकेट लिए।
3
Shares

प्रतिक्रिया